Section 13
लिलाम गर्न सकिने
: (१) क्वारेन्टाइन स्थलमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री तोकिएको अवधि भित्र सम्बन्धित पैठारीकर्ताले फिर्ता नलगेमा क्वारेन्टाइन अधिकृतले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामाग्री जफत गरी लिलाम गर्न सक्नेछ । लिलाम गर्ने अवस्था र कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम जफत गरिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री लिलाम गर्न उपयुक्त नदेखिएमा वा लिलाम गर्दा कसैले नसकारेमा क्वारेन्टाइन अधिकृतले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउन वा नष्ट गर्न आदेश दिन सक्नेछ ।